गुट उपगुट अन्त्य गर्न दाङ कांग्रेसको दवाव



दाङ १२ असार । नेपाली कांग्रेस दाङले शीर्ष नेताहरूलाई व्यक्तिगत स्वार्थ परित्याग गरेर पार्टीलाई एकजुट बनाउन आग्रह गरेको छ ।

कांग्रेस संसदीय दलका उपनेता एवम् केन्द्रीय सदस्य विजयकुमार गच्छदारसँग सोमबार काठमाडौंको मण्डिखाटारस्थित निवासमा भेट गरेर दाङ कांग्रेसले शीर्ष नेताहरू मिलेको हेर्न देशभरिका नेता र कार्यकर्ताले चाहेको बताएका हुन् ।

दाङ कांग्रेसका सभापति कीर्तिबहादुर खड्काको नेतृत्वमा पुगेको टोलीले नेता गच्छदारलाई विभिन्न गुटमा रहेका नेताहरूको कार्यशैलीबाट कार्यकर्ताको मन दुखेको बताएका थिए । सभापति खड्काले विभिन्न गुट उपगुटमा रहेका शीर्ष नेताहरू मिलेरको सन्देश छिटोभन्दा छिटो कार्यकर्ताले सुन्न चहको सुझाव नेता गच्छदारलाई दिएको बताए ।

सो भेटवार्ताका क्रममा नेता गच्छदारले कांग्रेसलाई सांगठनिक रुपमा बलियो बनाउन सबैको सहयोग र पहल हुनुपर्ने बताएका थिए । उनले शीर्ष नेताहरूलाई मिल्नका लागि कार्यकर्ताहरूको दवाव आवश्यक पर्ने बताए ।

‘कांग्रेस प्राविधिक रुपमा अहिले कमजोर भएको छ’, दाङ क्षेत्र नं। १ का सभापति भेषराज पाण्डले नेता गच्छदारको भनाइ उदृत गर्दै भने, ‘कांग्रेसलाई जनताको माया छ । त्यो मायालाई अझै नजिक कसरी ल्याउने हो त्यसबारेमा उहाँ ९गच्छदार०ले पहल गर्न निर्देशन दिनुभएको छ ।’

नेता गच्छदारले कांग्रेस गुटको राजनीतिले आक्रान्त भएको बताएका थिए । ‘म कुनै गुटको होइन । गुटलाई विश्वास पनि गर्दिन’, गच्छदारले भने, ‘मेरो पहल भनेको सबै नेताहरूलाई एक ठाउँमा ल्याएर कांग्रेस बलियो बनाउन हुनेछ ।’

यसअघि दाङ कांग्रेसको टोलीले महामन्त्री पूर्णबहादुर खड्कासहितका नेताहरूलाई भेटेको थियो । सभापति शेरबहादुर देउवासँग भेट्ने प्रयास गरे पनि समय अभावका कारण सोमबार भेट हुन नसकेको दाङ कांग्रेसका सभापति खड्काले जानकारी दिए । यो टोलीले मंगलबार सभापति देउवासहितका नेताहरूललाई भेट्ने सूची तयार पारेको छ ।

नेता गच्छदारलाई भेट्न पूर्वसांसद योगेन्द्र चौधरी, दाङ क्षेत्र नं। १ का सभापति भेषराज पाण्डे, क्षेत्र नं। ३ का सभापति भुपबहादुर डाँगी, नेपाल महिला संघकी केन्द्रीय सदस्य लक्ष्मी थापा न्यौपाने, नेपाली कांग्रेसकी नेतृ देविका नेपाली, कुलप्रसाद रजौरे, एपी खड्कासहितका एक दर्जन नेताहरू पुगेका थिए ।dainiknepal

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्