बर्षायामसंगै पानी मुनिको पुलले त्रसित दंगाली, यो बर्ष पनि पुरा भएन पुल निर्माण कार्य(भिडियो)



समिक्षा गाहा
सैघाली खबर, १२ असार ।
बर्षायाम शुरु भए सगै बाढी पहिरोको त्रास सबैमा छ । यस्तै कतै आवत–जावत गर्दा पनि पानी मुनिका पुलले दिने सास्तिको त झन् कुरै छोडौ । तर बषौदेखि यस्तै पिडा भोग्न बाध्य छन् दाङका नागरिकहरु । बर्षेनि बर्षायाम सुरु भएसंगै खोलाहरुमा बढ्ने पानीको वहावका कारण निकै सास्ति भाग्न बाध्य छन् यहाँका नागरिकहरु । दाङको लमही–तुलसीपुर सडकखण्डमा पर्ने जति पनि खोला छन्, ति सबैमा पानी मुनिको पुल छ । यसका कारण बाढी आयो कि, बाटो ठप्प भईदिन्छ । परिणाम काम बिशेषले घर बाहिर निस्केकाहरु बाटोमै अलपत्र पर्नु पर्ने अवस्था छ ।

यो सडक–खण्डमा पर्ने खोलाका कारण बर्षेनि अप्रिय घटनाहरु पनि भईरहेका छन् । तर यस बिषयमा सरोकारवाला निकायको ध्यान भने गएको छैन । यदि जान्थ्यो भने केहि बर्ष पहिले नै सम्पन्न भईसक्नु पर्ने कटुवाखोला पुलको अहिलेसम्म यो हविगत हुने थिएन होला । केहि बर्षदेखि यो सडक–खण्डमा पर्ने खोलाहरुमा पुल बनाउने कामको सुरुवात पनि गरियो । यो बर्षको बर्षा लाग्दा समेत उक्त कार्य पुरा हुन सकेको छैन ।

समयमै काम सम्पन्न नहुदा नागरिकहरुमा जुन आशा थियो, त्यो निराशामा बदलिएको छ । बिकासले बिनास निम्त्याउछ भनेजस्तै पुल बनाउने बाहनामा प्रत्येक खोलाहरुमा सडक भत्काउदा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । सडक डिभीजन कार्यलयका इन्जिनीयर शेखर योगीले यो बर्षमा घोराही उपमहानगरपालीका भित्र रहेको निर्माणाधिन कटुवा खोलाको पुल यहि भदौ महिनामा सम्पन्न हुने बताएका छन् । उनले भनेजस्तै भयो भने भदौदेखि यहाँका नागरिकहरुले कटुवाखोलामा सहजरुपमा गाडी चलाउन र यात्रा गर्न पाउनेछन् ।

इन्जिनीयर योगीका अनुसार सोही सडक खण्डमा पर्ने (हाल निमार्ण कार्य जारी) बबई खोला, गुर्जे खोला, संका्रम खोला र पत्रे खोलामा भने आउने आर्थीक बर्षमा मात्र सम्पन्न हुनेछन् । नागरीकको प्रत्यक्ष जिवनसंग जोडिएको यो बिषयमा सडक डिभिजन कार्यालदय र ठेकेदार कम्पनिहरुको लापर्वाहीका कारण पुल निर्माण कार्य समयमै सम्पन्न हुन नसकेको देखिन्छ ।

तोकिएको समयभन्दा भन्दा निर्माण कार्य ढिला हुनुको कारण के ? भन्ने सैघाली खबरको प्रश्नमा बचपन पारा देखाउदै ईन्जिनियर गिरीले जिम्मेवारी बोध नै नगरी जवाफ दिए । गिरीले भने ‘निर्माण ब्यबसायी नै अनबिग्य हुनु र कुन सामानलाई कसरि प्रयोगमा ल्याउने भन्ने कुराको सामान्य जानकारी नहुँदा पुल निर्माण कार्यमा ढीलाई भएको हो’ ।

थप जानकारीकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ..

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्