आईपीजी प्रकरणमा गोपाल पराजुली नेतृत्वको पूर्ण इजलासमा सुनुवाई सुरु



२२ असार, काठमाडौं । आईजीपी प्रकरणले नयाँ मोड लिएको छ । बिहीबार कामु प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको नयाँ पूर्ण इजलासमा बहस सुरु भएको छ ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले तोकेको पूर्ण इजलासमा रहेका न्यायाधीश जगदिश शर्माले उमेरहदका कारण अवकास पाएपछि नयाँ इजलास गठनको बाटो खुलेको हो ।

बिहीबार पराजुलीले आफूसहित ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोतम भण्डारीको पूर्ण इजलास तोकेका छन् ।

र, अहिले बहस भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्