असार १२ काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी प्रकरणको छानबिन गरिरहेको विशेष अनुसन्धान समितिले एक व्यवसायीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्जका व्यवसायी राजु द्धावरका छन् । प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौंको होटल अन्नपूर्णमा छोराको विवाह स्थलबाटै पक्राउ गरिएको थियो ।
यसअघि पक्राउ परेका हुन्डी कारोबारीहरुले उनको नाम लिएपछि द्धावर पक्राउ परेको स्रोतको भनाइ छ । उनले तस्करीको सुन भारतमा लगेर विक्री गर्ने गरेको समितिको आशंका छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।