सन्तोषकुमार गुप्ता । भालुबाङ १२ असार ।
मोटरसाईकल दुर्घटनामा परी भालुबाङका एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने दुई युवक गम्भीर घाईते भएका छन् । भालुबाङ देखि बुटवल तर्फ जाँदै गरेको भे ८ प ११५१ नम्बरको मोटरसाइकल कपिलबस्तु जिल्ला शिवराज नगरपालिका(५ चनरौता नजिक खैरीमा दुर्घटना हुँदा राप्ती गाउँपालिका(१ भालुबाङ पुल्चोक बजारका अन्दाजी बर्ष ३५ का अनिल बस्नेतको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाईकलमा सवार दाङ जिल्ला राप्ती गाउँपालिका(१ भालुबाङ पुल्चोक बजारका अन्दाजी बर्ष २९ सन्तोष पुन र बर्ष २४ का बिशाल पुन गम्भीर घाईते भएको वडा प्रहरी कार्यालय चनरौटाले जानकारी दिएको छ । घाईते दुबैको बुटवल स्थीत लुम्बिनी अंचल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाईते सन्तोष र बिशालको अवस्था चिन्ताजनक समेत रहेको प्रहरीले जनाएको छ ।
तीब्रगतिमा मोटरसाइकल सडक छेउको चेकड्याममा ठोकिएको थियो । चेकड्याममा मोटरसाईकल ठोक्किदा ४० मिटर पर उछ्टिएको थियो । थप बिबरण आउन बाँकी छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।