दाङ १२ असार । बबई गाउँपालिका ७ का प्यारालाइसिस बिका बिरामी दिपक खड्काले आफ्नो उपचारका लागि सहयोग गरिदिन अपिल गर्नुभएको छ । प्यारालाइसिसका कारण बिरामी पर्नुभएका खड्काले आफ्नो उपचारका लागि सहयोग गर्न सबैमा अपिल गर्नुभएको हो । काठमाडौको न्युरो अस्पताल बासबारीको उपचार सम्भव नभएपछि भारत जानुपर्ने भएपछि थप आर्थिक सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ । हालसम्म करिब ९ लाख रुपैया उपचार खर्च गर्नुभएका दिपकको नेपालमा उपचार सम्भव नभएपछि सहयोगका लागि सबैमा आग्रह गर्नुभएको हो ।
२५ बर्षीय खड्का बिगत एक महिनादेखि उक्त रोगले ग्रसित हुनुभएको हो । उपचारका लागि सहयोग गर्न ९०६२४२७९४, ९०९५६५७०६ नम्बरका मोबाइलमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ । यसैबीच हालसम्म सुन्दर वलीले २१ हजार चार सय, दलु बुढाथोकी पाँच हजार ६ सय ७, पहलमान डाँगी पाँच हजार तीन सय ४०, शंकर केसी पाँच हजार तीन सय ४०, धनराज श्रेष्ठले पाँच हजार तीन सय ४० रुपैया सहयोग गर्नुभएको छ । यस्तै नबीन केसीले पाँच हजार ८०, गोपाल वली चार हजार १२ र प्रेम वलीले चार हजार १२ रुपैया सहयोग गर्नुभएको छ ।।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।