सहमति नजुट्दा संसद बैठक बस्न सकेन



१२ असार, बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सहमति हुन नसकेपछि प्रदेश ५ को प्रदेशसभा बैठक मंगलबार बस्दै नबसी स्थगित भएको छ ।वजेटप्रति असन्तुष्टि जनाएको कांग्रेससँग सहमति हुन नसकेपछि सूचना टाँसेर संसद बैठक स्थगित गरिएको हो । संसद सुचारु गर्न मुख्यमन्त्री शंकर पोखरेल र कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलबीच छलफल भएको थियो । तर, सहमति नजुटेपछि बैठक नवसी सूचना टाँसेर स्थगित गरिएको हो ।

बैठक बुधबार मध्यान्ह १२ बजे बस्नेछ ।

नीति तथा कार्यक्रममा आफूहरुले बिरोध जनाउँदा मुख्यमन्त्रीले विनियोजन विधेयकमा सबै सांसदहरुका योजनाहरु समेटेर आउने आश्वासन दिएपनि त्यसो नभएको र कांग्रेसलाई बाइपास गरिएकाले विरोध गर्नु परेका नेता पोखरेलले बताए । मुख्यमन्त्रीले वजेटमा तलमाथि गर्न नसकिने भन्दै जनतामा जाने बताएपछि आफूहरु पनि ‘जनतामा जान्छौं, प्रतिपक्षी दल बिना संसद चलाउने भए चलाउनोस्’ भन्दै बाहिरिएको कांग्रेस संसदीय दलका नेता पोखरेलले जानकारी दिए । वजेट समावेशी र सन्तुलित नभएको तथा विपक्षीलाई बाइपास गरिएको कांग्रेसको आरोप छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्