अविभावकले चासो नदिदाँ लागूऔषध नियन्त्रण गर्न गाह्रो भयो: मन्त्री बराल



दाङ, १३ असार

प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले अभिभावकले चासो नदिँदा अधिकांश बालबालिका लागूऔषधको शिकार भएको बताएका छन् ।

मन्त्री बरालले प्रदुषित बन्दै गएको समाज सुधार्न र लागूऔषध नियन्त्रण गर्न   कानूनले मात्रै नहुने भएकाले सचेतनामा पनि ध्यान दिनुपर्ने  बताए  ।

तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा मंगलबार तुलसीपुरमा भएको अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध ओसारपसार विरुद्धको दिवस तथा बृहत् सभामा  उनले  सो कुरा बताएका हुन्  ।

सिंगो प्रदेशलाई लागूऔषध ओसारपसारबाट मुक्त गर्नुपर्ने आवश्यकता रहेको बताउँदै मन्त्री बरालले ओसारपसार कार्यमा संलग्नलाई कानूनी दायरामा ल्याउनुपर्ने कुरामा जोड दिए । “कानूनी तवरले पनि यसलाई नियमन गर्ने कुरामा सबैले सोच्नुपर्दछ, प्रदेशले कानून बनाउँदा यो कुरामा ख्याल गर्नेछ” मन्त्री बरालले भने  । प्रदेशसभा सदस्य उत्तरकुमार वलीले लागूऔषधका विरुद्ध प्रदेश सरकारले चासो राखेको बताउँदै लागूऔषध बिक्री वितरणलाई आवश्यक नियन्त्रण गर्नुपर्नेमा समेत जोड दिए

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिकाले लागूऔषध बिक्री वितरण, सेवन र ओसारपसारलाई नियन्त्रण गर्नका लागि ‘टोबाको फ्रि टोल’को अवधारणा अगाडि ल्याएको बताए  ।

लागूऔषध बारेका प्रशिक्षक एवं नार्कोनन् नेपालका अध्यक्ष वसन्त कुँवरले प्रत्येक घरमा लागूऔषध बारेमा सचेतना दिन आवश्यक रहेको बताए । उहाँले विश्वमा तीन हजार ५०० प्रजातिका नशालु कुरा हुने भएपनि नेपालमा भने पाँच प्रकारका नशालु पदार्थ प्रचलित रहेको बताए  ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्