रीता लामा
दाङ,१३ असार । जल तथा मौसम कार्यालय दाङका अनुसार दाङका केही दिन भित्रै मनसुन सुरु हुदैछ । कार्यालयका प्रमुख राजु मिश्रले दिएको जानकारी अनुसार सधै जसो १० जुन देखि सुरु हुने मनसुन यस बर्ष भने केही ढिलो गरि भित्रिएको वताउँनुभयो ।उनका अनुसार गत बर्षको तुलना यस बर्ष दाङमा धेरै बर्षा हुने समेत जानकारी दिनुभयो ।मौसमविदले जिल्लामा धेरै बर्षा हुने भन्दै बर्षात बाट हुने विपत्त न्युनिकरणका जोगिन बिशेष सर्तकता अपनाउनुपर्ने जल तथा मौसम विभाग फिल्ड कार्यालय दाङले जनाएको छ ।दाङ समथर भुभाग भएको जिल्ला भएको हुदा यहाँको भु–बनौटका हिसावले यो जिल्ला एउटा विपतको जोखिममा रहेको मानिन्छ । विषेशगरी बर्षातको समयमा बाढी आउने, पहिरो जाने, डुवान हुने, विभिन्न रोग, प्रकोप तथा महामारी फैलने गरेको छ ।
जिल्लाका बाढी, पहिरोको जोखिम भएका दुर्गम क्षेत्र तथा नदी आसपासका क्षेत्रहरुका नागरिकहरुमा बर्षातको समयमा संत्रास फैलने गर्दछ । गत बर्ष २०७४ साउन महिनामा आएको बाढी जन्य बिपद्का कारण जिल्लाको सात वटा स्थानीय तहहरु पूर्ण रुपमा प्रभावित भएको थियो । विभिन्न स्थानमा सात जनाको मृत्यु, दुई जना घाईते, एक जना बेपत्ता र तीन सय ५९ घर पूर्ण रुपमा क्षती भई बिस्तापित भएका थिए । यस्तै दुई सय ८२ घर परिवार आंशिक क्षती भएको थियो ।
विपदकाक कारणकरिव चार अर्ब ३४ करोड १२ लाख आठ हजार आठ सय ४५ रुपैँयाको क्षती भएको थियो ।विपद् व्यवस्थापन समिति अधिकृत खिलनाथ दाहालका अनसार बिपद पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणको चरणमा रहेको बताउँनभयो । वबई, बंगलाचुली, राजपुर, गढवा लगायतका गाउँपालिका क्षेत्रमा नदिको कट्टानलाई कम गर्नका जनताको तटबन्ध कार्यालय लमही र जल उत्पन्न नियन्त्रण डिभिजन कार्यालय लमहीको सहयोगमा तटबन्ध निर्माण निर्माण कार्य भईरहेको समेत जानकारी दिनुभयो
यसैबीच जिल्लामा ३ वटै सुरक्षा निकायहरुलाई बिपदको बेला खोज उद्दार, राहत तथा सुरक्षाका लागि तयारी अवस्थामा रहन आग्रह गरीएको समितिको भनाई छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।