नेपाली सेनाले बनायो सैनिक पदमार्ग, स्थानीय लाभान्भित



बाजुरा, १३ असार
बाजुराको बडीमालिका नगरपालिका– ८ मा रहेको नेपाली सेनाले सैनिक पदमार्ग निर्माण गरेको छ ।

बडीमालिका नगरपालिकाको प्राविधिक तथा आर्थिक सहयोगमा उक्त पदमार्ग निर्माण गरिएको समरजीत गुल्मका सेनानी विष्णु सापकोटाले जानकारी दिएका छन ।

उहाँले दिएको जानकारी अनुसार नगरपालिकाको रु दुई लाख आर्थिक सहयोगमा एक किलोमिटर पदमार्ग निर्माण गरिएको बताए । पदमार्ग निर्माणका लागि नगरपालिकाबाट विनियोजित बजेटबाट रु दुई लाख अपुग भएको उनले बताए ।

करिब रु पाँच लाखसम्म लाग्ने उक्त मार्गमा नेपाली सेनामा कार्यरत जवानले करीब रु तीन लाखको श्रमदानमा निर्माण गरिएको सेनानी सापकोटाको भनाइ रहेको छ । पदमार्ग मार्तडी—कोल्टी सडकबाट नेपाली सेनाको प्रवेशद्वारसम्म निर्माण गरिएको बताइएको छ ।

उक्त क्षेत्रमा आवत जावत गर्न स्थानीयलाई असहज हुन थालेपछि नेपाली सेनाको आग्रहमा नगरपालिकाले रु दुईलाख रकम निर्माण कार्यमा सहयोग गरेको बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताएका छन ।

उहाँले नगरपालिकाको विकासमा कुनै बाधा आउन नहुने बताए । सैनिक पदमार्ग निर्माण गरेपछि स्थानीयलाई आवतजावत गर्न सहज भएको नगर प्रमुख बडुवालको भनाइ रहेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्