सागर थापा
दाङ,१३ असार । ५ नम्बर प्रदेश प्रहरीले स्पेशल आर.एस.सी.सी. अपरेसन सुरु गर्ने भएको छ । प्रदेश नं ५ को सुरक्षा संबेदनशिलता तथा सुरक्षा सम्बन्धि रणनिति सार्वजनिक गर्दे प्रहरीले यस्तो अप्रेशनको सुरु गरेका जनाएको छ ।
बढ्दो घरेलु हिंसा, सडक दुर्घटना, लागुऔषध ओसार पसार , गुण्डागर्दी नदिजन्य वस्तुहरुको अबैध उत्खनन् रोक्न अप्रेशन सुरु गरेको प्रदेश प्रहरी प्रमुख शेर बहादुर बस्नेतले जानकारी दिनुभयो ।प्रहरीले तत्काल १२ वटा जिल्ला हरुमा यो अभियान सुरु गर्न थालेको प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।