दिपक बोहरा,
तुलसीपुर १३ असार ।
असाहय बाल बिकास नेपाल बिजौरी दाङले मृगौला पीडित श्रीराम चौधरीलाई हस्तान्तरण गरेको छ । तुलसीपुर १९ बिजौरीका चौधरीको उपचारका लागि बाल बिकास नेपालले संकलन गरेको रकम मंगलबार पीडितलाई हस्तान्तरण गरेको हो । बाल बिकास नेपालका अध्यक्ष बिष्णु चौधरीको पहलमा संकलन भएको ८३ हजार आठ सय २ रुपैँया पीडितलाई हस्तान्तरण गरिएको हो । आर्थिक अभाबकै कारण उपचार रोकिएपछि उपचारमा सहयोग होस भनी सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो । पैसा कमाउन भनी २ बर्ष अघि साउदी गएका चौधरीको दुईवटै मृगौलाले काम गर्न छोडेपछि घर फर्किएका थिए । अहिले घर परिवारलाई बिदेश जान लागेको ऋणसंगै उनको उपचारमा लागेको रकम तिर्न धौधौ परेको उनकी श्रीमती गीता चौधरीले बताईन् । आर्थिक अभाबमा मृगौला पीडित श्रीराम चौधरीको उपचार अगाडि बढ्न नसकेको अध्यक्ष बिष्णु चौधरीले सहयोग संकलन अभियान थालेका थिए । एउटा मानिशलाई दुःख पर्दा अर्को मानिसले सक्दो सहयोग गर्नुपर्ने मानबिय धर्म भएको भन्दै सहयोग संकलन अभियान थालेको अध्यक्ष चौधरीको भनाई थियो । यसैबीच असहाय बाल बिकास नेपाल बिजौरीका कोषाध्यक्ष सीमा वलीको अध्यक्षतामा भएको कार्यक्रममा बिजौरी उद्योग बाणिज्य संघका अध्यक्ष मुकेश वली, नेपाल सस्कृत विश्व बिद्यालय, जनता बिद्यापीठ बिजौरीका प्राचार्यमाधव अधिकारी, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष माधव वली, राम बहादुर योगी, प्रदिप गौतम, मदन बस्नेतलगायतको सहभागितामा पीडित परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको हो । त्यस अवसरमा बक्ताहरुले असहाय बाल बिकासले मृगौला पीडितको सहयोगका लागि गरेको कार्य प्रसंसनीय भएको बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।