दिपक बोहरा,
तुलसीपुर १३ असार ।
प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले लागुऔषध दुव्र्यसनी देशकै समस्या रहेको बताए । अन्तराष्ट्रिय लागु औषध नियन्त्रण दिवसका अवसरमा तुलसीपुरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बरालले पछिल्लो समय यो समस्या झनै बढ्दै गएको भन्दै यसलाई न्यूनिकरण नलिए ठुलो रुप लिन सक्ने समेत बताए ।‘पछिल्लो समय यसले झनै ठुलो रुप लिन थालेको छ’ उनले भने‘ यसको न्यूनिकरण गर्न नसकिए झनै ठुलो रुप लिनेछ । तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा युवा परिषद नेपालको संयोजनमा भएको बृहत सभामा प्रमुख अतिथि बरालले लागुऔषधमा फसेकाहरुलाई उद्धार गर्ने र आगु औषध ओसार पसारमा संलग्नलाई कानुनी दायमा ल्याउन सकिए मात्रै समस्या समाधान हुने बताए । ‘लागुऔषधमा फसेकालाई उद्धार गरेर पुनःस्थापन गर्नुपर्छ’ उनले भने‘ लागु औषधको ओसार पसार, बेचबिखनमा संलग्नलाई काुननी दायरमा ल्याउनु सकेमा मात्रै यो समस्या समाधान हुन्छ ।’ यस्तो समस्या समाधानका लागि प्रदेश सरकारले केन्द्र र स्थानीय तह तथा प्रहरी प्रशासनसंग सहकार्य गरेर सचेतना मुलक कार्यक्रम गर्ने समेत बताए । ‘सबैमा यसको सचेतना जगाउन सक्यौ भने पनि केही रुपमा न्यूनिकरण हुन्छ’उनले भने‘त्यसका लागि प्रदेश, केन्द्र र स्थानीय सरकार, प्रहरीबीच सहकार्य गरेर अघि बढ्न आबश्यक छ ।’ कार्यक्रम संयोजक तथा युवा सञ्जाल दाङका संयोजक सुरेश रावतको अध्यक्षतामा भएको कार्यक्रममा उनले पहिले पहिले ग्रामिण क्षेत्रमा देखिएको यो समस्या पछिल्लो समय सहर बजारमा ब्याप्त रुपमा फैलिएको उनले बताए । ‘कुनै समय ग्रामिण क्षेत्रमा बढि आगुऔषध दुब्र्यसनी थियो’उनले भने‘बढ्दो शहरी करण, यातायात, प्रबिधिको बिकाससंगै यस्ता समस्याहरु बढिरहेका छन् ।’
कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिकालाई लागुऔषध दुब्र्यसनी मुक्त बनाउन १९ वटै वडामा सचेतना कार्यक्रम गरिरहेको बताए । यसलाई अझै ब्यापक बनाएर लैजाने समेत उनको भनाई थियो । समृद्ध उपमहानगर निर्माणका लागि समाजमा रहेका हरेक बिकृति, बिसंगती अन्त्य हुनुपर्ने भन्दै उनले समाजमा ब्याप्त रहेको लागुऔषध दुब्र्यसनी अन्त्य हुनुपर्ने बताए ।
त्यस अवसरमा कार्यक्रममा प्रशिक्षण दिदै नार्कोनन नेपालका अध्यक्ष बसन्तराज कुँवरले लागुऔषध दुव्र्यसनी न्यूनिकरण गर्न लागुऔषध प्रयोग नगरेकालाई लागुऔषधको टाढै राख्ने, खाएकाहरुलाई चिन्ने र अरुलाई खुवाउन नदिने जस्ता कुरामा सरकोकारवाला निकायले ध्यान दिनुपर्ने बताए । त्यस्तै ड्रग्समा फसेकाहरुलाई उपचार गर्ने र समाजमा पुनःस्थापना गर्ने, उपचारबाट आएकालाई पुनः समाजमा स्थापीत गर्ने, लागुऔषध बेचबिखन गर्नेलाई कारबाही गर्नेलगायतका कार्य स्थानीय सरकार, प्रहरी प्रशासनलगायत सम्बन्धित निकायले गर्नुपर्ने उनले बताए । लागुऔषध दुव्र्यसनीले आफनो मात्रै नभई समग्र परिवारकै भबिष्यलाई अन्धकार बनाईदिने भन्दै यस बिषयमा गम्भीर बन्नुपर्ने बेला आएको उनको भनाई छ । अब स्थानीय सरकार, प्रहरीप्रसासनलगायत सम्बन्धित निकालले लागु औषध दुव्र्यसनीले पार्ने असरका बिषयमा पम्पलेट टाँस्ने कार्य गर्नुपर्ने बताए । कार्यक्रमको सहजीकरण प्रेस सल्लाहकार बसन्त आचार्यले गरेका थिए । यसैबीच २२ बुदेँ घोषण पत्र पनि जारी गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।