स्वदेशकै बाँझो जमिनलाई सदुपयोग गरौं



तुलसीपुर १३ असार ।
स्वदेशको जमिनलाई बाँझो राखेर रोजगारको शिलशिलामा बिदेश पलायन हुनु गलत भएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । बिदेश भन्दा स्वदेशको खाली जग्गालाई सदुपयोग गरी ब्यासाय गर्नेहो भने मनग्य आम्दानी कमाउन सकिने उनीहरुको भनाई थियो । घोराही उपमहानगरपालिका १२ हापुरको हापुर माबि निघुवारमा भएको सुरक्षित आप्रवासन बिषयक जिल्ला स्तरीय बिबिध सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै बक्ताहरुले विदेश जानै परेपनि आबश्यक सीप र सही सुचना लिएर मात्रै जान आग्रह गरे ।

जिल्ला समन्वय समिति सुचना तथा परामश्र केन्द्रदाङको आयोजना तथा श्रम रोजगरा तथा सामाजिक सुरक्षा मन्त्रालयको सहयोग भएको कार्यक्रममा बक्ताहरुले यस्तो बताएका हुन् । जिल्ला समन्वय समिति दाङका संयोजक जितेन्द्र मान नेपालीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका शाखा अधिकृत बासुदेव आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राज बहादुर परियार, जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत किरण पोख्रेल, बिद्यालयका प्रअ अर्जुन कुमार न्यौपाने, शिक्षक घनश्याम बराललगायतले मन्तब्य ब्यक्त गरेका थिए । सहजीकरण पत्रकार सन्तोष केसीले गरेका थिए । त्यस अबसरमा कलाकाहरुले पनि सञ्देशमुलक प्रस्तुती राखेका थिए । लोकदोहोरी गायीका खीमा सापकोटो, रचना चौधरी, नन्द निर्मल थापा, सिआना कला केन्द्रका नृत्यलगायतका प्रस्तुती राखिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्