प्रधानमन्त्री ओलीले कार्यकर्तालाई महिनाको कति पटक भेट्ने त, यस्तो बन्यो कार्यतालिका



काठमाडौं, १३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद, आफ्नो पार्टीका कार्यकर्ता तथा संघीय संसद्मा प्रतिनिधित्वका लागि आफ्नो समयतालिका निर्धारण गरेका छन् ।

प्रधानमन्त्रीको निजी सचिवालयले हरेक शुक्रबार प्रदेश सांसदलाई भेट गर्ने, हरेक शुक्रबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा सहभागिता जनाउने तथा महिनामा दुई दिन आफ्ना कार्यकर्तासँग भेटघाट गर्नेगरी प्रधानमन्त्रीको समय निर्धारण गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी ९ने क पा० का अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले आफ्ना कार्यकर्ताका लागि महिनाको दुई दिन समय छुट्याएका छन् ।

ओलीलाई अब आफ्ना कार्यकर्ताले हरेक महिनाको १ र १५ गते मात्र भेटघाट गर्न पाउने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालद्वारा जारी प्रेस नोटमा हरेक महिनाको १ र १५ गते ११ देखि १ बजेसम्म कार्यकर्तासँग भेटघाटको समय छुट्याइएको छ ।

ओलीले हरेक महिनाको पहिलो दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म नेकपाको धुम्बाराहीस्थित कार्यालय र १५ गते पेरिसडाँडास्थित कार्यालयमा पार्टी कार्यकर्तालाई भेट्न पाउने भएका हुन् ।

प्रधानमन्त्री ओलीले नियमित भेटघाटका अतिरिक्त हरेक शुक्रबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा सहभागिता जनाउने भएका छन् । शुक्रबार नै उनले सांसदहरूसँग भेटवार्ताका लागि समय निर्धारणसमेत गरेका छन् ।

नियमित रूपमा शुक्रबार दिउँसो ३ देखि ५ बजेसम्म सिंहदरबारमा प्रदेशगत रूपमा सांसदसँग भेटघाट गर्ने व्यवस्था मिलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता ओलीसँग साप्ताहिक रूपमा सात प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसदसँग भेटघाट हुने नियमित कार्यक्रम तय गरिएको छ,’ अर्यालद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीको व्यस्त समय तालिकाका कारण सबैसँग छलफल तथा भेटघाट गर्नका लागि समय नै निर्धारण गरेर व्यवस्थित गर्न खोजिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।राजधानी दैनिक

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्