उपचार गर्ने सिंगापुरमा गएकी प्रचण्ड पत्नी सीता यस्तो अवस्थामा



 

काठमाडौँ, १३ असार । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको एउटा तस्वीर सार्वजनिक भएको छ ।

सिंगापुरमा उपचार गराइरहेकी सीता झट्ट हेर्दा स्वीमिङ पुलमा पौडी खेलेको जस्तो देखिन्छ । उनलाई कसैले पौडी खेलाउन सिकाएको झैं पनि लाग्छ ।

तर, वास्तविकता फरक छ– एक्ला छोरा प्रकाश दाहालको आकस्मिक निधनपछि डिप्रेशनमा रहेकी सीतालाई यतिबेला अनेक रोगले च्यापिरहेको छ । निकै शिथिल बन्दै गरेकी उनलाई सिंगापुरको माउण्ट एलिजाबेथ अस्पतालका डाक्टरहरुले वाटर थेरापीबाट उपचार गराइरहेको छोरी गंगा दाहालले जानकारी दिइन् ।

बुवा प्रचण्डसँगै आमाको उपचारका लागि सिंगापुर गएकी गंगा भने आइतबार नेपाल फर्किसकेकी छन् । रोगको परीक्षणपछि डाक्टरले वाटर थेरापी र प्रत्यक्ष निर्देशनमा औषधी सेवन गर्ने सल्लाह दिएको गंगाले बताइन् ।

सीताको उपचारका लागि एक हप्ता पहिले सिंगापुर गएका प्रचण्ड अर्को हप्ता मात्र स्वदेश फर्कनेछन् । डाक्टरले अझै एक हप्ता थप अनुगमनमा राखेर उपचार गर्नुपर्ने सल्लाह दिएपछि प्रचण्डको बसाई लम्बिएको हो । आफूले बुवालाई फर्कन भनेपनि ‘बरु तिमीहरु फर्क’ भन्दै बसेको गंगाले बताइन् ।

२०३५ सालदेखि निरन्तर पूर्णकालिन कार्यकर्ता भएर प्रचण्ड राजनीतिमा सक्रिय छन् । उनको राजनीतिक यात्रामा पत्नी सीता र परिवारले पनि सँधै साथ दिएको थियो । प्रचण्डले परिवारलाई पर्याप्त समय दिन सकेका थिएनन् । तर, पछिल्लो समय प्रचण्डले परिवारलाई पनि समय दिन थालेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्