संविधान संशोधनमा एमालेको सहयोग हुन्छ : भीम रावल



काठमाडौं, २२ असार ।

एमालेका उपाध्यक्ष भीमबहादुर रावलले संसदमा विचाराधीन संविधान संशोधन प्रस्तावलाई फिर्ता लिएर आफ्नो पार्टीका कुराहरू समेटेर र राजपासँग सहमति कायम गरेर नयाँ प्रस्ताव ल्याइए त्यसलाई पास गराउन एमालेले सहयोग गर्ने स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले अहिले संसदमा विचाराधीन रहेको संविधान संशोधन प्रस्ताव राष्ट्र र जनताको हितमा नभएकोले त्यसलाई अविलम्ब फिर्ता लिई नयाँ सहमतिका आधारमा नयाँ प्रस्ताव ल्याइए आफूहरूले त्यसलाई पास गराउन पूर्ण रुपमा सहयोग गर्ने बताए ।

उनले भने, ‘हामी संशोधनको विरोधमा छैनौं, संशोधन गर्न सकिन्छ, तर देश र जनताको हितमा हुनुपर्छ ।’ उनले संसदमा दर्ता गरिएको संशोधन प्रस्तावबारे अहिलेसम्म प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जवाफ नदिएको समेत बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्