वन्यजन्तु चोरी सिकार गरेको आरोपमा दुईजना पक्राउ



डोटी १३ असार । वन्यजन्तु चोरी सिकार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । खप्तड राष्ट्रिय निकुञ्जका कर्मचारी तथा नेपाली सेनाको गस्ती टोलीले खप्तड क्षेत्रमा वन्यजन्तुको चोरी सिकारमा संलग्न दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डोटीको सायल गाउँपालिका ३ भल्मा बस्ने वर्ष ४८ को डम्मर भुल तथा त्यहीँका ५२ वर्षीय लालबहादुर बोगटी रहेका छन् ।

गस्ती टोली भल्मा क्षेत्रमा जाँदा डम्मर भुलको गोठमा लुकाई छिपाई राखेको आलो ९काँचो० अवस्थामा रहेको रतुवाको छाला, मासु, ढेडु बाँदरको टाउको, छाला अनि भालुका नंग्रा जस्तो देखिने वस्तुहरु फेला पारेको खप्तड राष्ट्रिय निकुञ्जका वन्यजन्तु संरक्षण अधिकृत प्रकाश शाहले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय डोटीमा राखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्