असार १३ काठमाडौं । ललितपुर–२ स्थित टेकुबाट सानेपातर्फ जाने कालोपुलमुनि एक युवतीको शव भेटिएको छ ।
महागनरीय अपराध अनुसन्धान महाशाखाका अनुसार अन्दाजी २२,२५ वर्ष उमेरकी युवतीको शव भेटिएको हो । शवको सनाखत हुन नसक्दा अनुसन्धानमा समस्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीले शवको हुलिया बारे सूचना जारी गर्दै भनेको छ, ‘पातलो शरिर, अन्दाजी उचाई ५ फिट ३ ईन्च, कपाल कालो लामो, रातो ब्लाउज, खरानी रंगकोहाफ सर्ट, कालो पाइन्ट लगाएकी, बायाँ हातको नाडीमा निलो मसीले आइ लभ यू लेखिएको मंगोलियन अनुहारकी युवतीको शव मृत अवस्थामा भेटिएको हो ।’

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।