सैघाली खबर, १३ असार ।
२०३६ सालबाट अभिनय यात्रा थालेका कलाकार रामचन्द्र अधिकारी अभिनय धेरै गर्ने तर चर्चामा कम आउने कलाकार हुन् । नाटक, टेलिसियल हुदै दर्जनौ चलचित्रमा काम गरिसकेका अधिकारी मिडियामा कम चर्चामा आउने कलाकार मध्यका एक हुन् । हाल उनि अभिनिति टेलिसिरियल मेरी–बास्सैले आफुलाई पुनर्जन्म दिएको अधिकारी बताउछन् ।
उनि भन्छन् ‘थुप्रै नाटक, टेलिसियल र चलचित्रमा काम गरे तर मलाई नयाँ जिवन भने मेरी–बास्सैले दियो ।’ आज मलाई मेरो नामले भन्दा पनि मेरी बास्सैको ‘गोप्ते काजी’ भनेर धेरैले चिन्नुभएको छ, यो नै मेरा लागि पुनर्जन्म हो । रमचन्द्रका तीन छोरा र एक छोरी छन् । उनको वास्तविक जिवन टलिसिरियल भन्दा कम छैन ।
केहि कुरा नमिल्लान् तर धेरै कुरा उनको मेरी बास्सैको अभिनयसंग मेल खान जान्छ । चलचित्रमा धेरै जनालाई श्रीमति भनिरहदा घरमा भाउजु रिसाउनुहुन्छ कि नाई भन्ने सैघाली अनलाईनको प्रश्नमा ह रामचन्द्र भन्छन्, ‘उनि कहिलै रिसाउदिनन्, मलाई साथ र सहयोग सधै दिईरहिन् तर कहिल्यै रिसाईनिन् ।’
यसैबिच, यतिबेला सबैले निद र भोक नै त्यागेर हेर्ने बिश्वकप फुटबलले बुढेसकालले छोईसकेका अधिकारीलाई पनि पुरै छोएको छ । राती अवेरसम्म पनि नसुतेरै बिश्वकप हेर्ने गरेको उनि बताउछन् । कलाकार रामचन्द्र अधिकारीसंगको पुरा कुराकानी हेर्नको लागि तलको भिडियोमा क्लिक गर्नुहोला ।।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।