विदेशी लगानी भित्र्याउँनु गलत



काठमाडौं, २२ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँखा चिम्लेर विदेशी लगानी भित्रयाउँन नहुने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेपालको ऐन र कानुन अनुसार मात्रै लगानी भित्रयाउनु उचित हुने धारणा व्यक्त गरेका छन् ।

विदेशी लगानी भित्रयाउनुअघि राजनीतिक स्थायित्व हुनु अनिवार्य रहेको भन्दै उनले नेपालमा विकास खर्च गर्ने प्रवृति अत्यन्त कम भएकाले भएको बजेट नै फ्रिज भएर जाने गरेको बताए । अध्यक्ष प्रचण्डले खर्च गर्ने प्रवृतिलाई सुधार गर्न जरुरी रहेको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्