सनिउल्ला धोबी,
कपिलवस्तु १३ असार। कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा दादुरा रुवेला प्रकोप बढेपछी निवारणका लागि विशेष अभियान सञ्चालन गरिएको छ । महाराजगञ्नज नगरपालिका वडा नं २ को पडरिया, बरगदा र वडा नं ३ को बरगदीमा दादुरा रुवेला विरुद्ध मप पप कार्यक्रम सञ्चालन गरिएको छ ।
वाल स्वास्थ्य महाशाखा टेकु काठमाण्डौ र ध्ज्इ क्ष् एख् को सयुक्त सहयोगमा दादुरा रुवेला रोगको प्रकोष नियन्त्रण गर्नका लागि अभियान चलाइएको महाराजगञ्ज स्वास्थ्य शाखा संयोजक विद्याधर पाण्डेले जानकारी दिनु भयो ।
पडरिया, बरगदा र बरगदीमा रहेका ६ महिना देखि १५ बर्ष मुनीका सम्पुर्ण बालबालिकालाई दादुरा रुवेला खोप लगाइने संयोजक पाण्डेले बताउनु भयो । एक कार्यक्रमको अयोजना गरी महाराजगगञ्ज नगर प्रमुख अब्दुल कलामले अभियान उदघाटन रुवात गर्नु भयो ।
आज देखि सुरु भएको अभियान असार १५ गते सम्म सञ्चालन हुनेछ । अभियानबाट त्यस क्षेत्रमा दादुराको प्रकोष नियन्त्रण हुने विश्वास लिइएको छ । साथै नियमित खोपमा समेतमा टेवा पुग्नेछ ।
दादुरा रुवेला विरुद्ध मप पप कार्यक्रमबाट करिब ३ हजार बालबालिकाहरु रोगको प्रकोपबाट बच्नेछन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।