सैघाली खबर, १३ असार ।
बेरोजगार भन्ने शब्द झट्ट सम्झिदा काम नपाएको भन्ने आम मानिसले बुझेका छन् । तर सञ्चारकर्मि, गाएक तथा गितकार रामसिंह विश्वकर्माले भने यस्को परिभाषा छुट्टै दिएका छन् । उनि भन्छन् ‘मान्छेले काम पायो भने मात्रै रोजगारी पाएको भन्ने हुदैन, कसैलाई मन पराएर उस्लाई सम्झिनु पनि रोजगारी पाएको हो ।’
त्यसैले काम पाउदैमा रोजगारी पाएको र काम नपाउदैमा वेरोजगार भन्ने हुदैन । अहिलेसम्म ६ वटा गितहरु बजारमा ल्याईसकेका गाएक बिश्वकमाको ‘तिम्लाई सम्झने जागिर पाको छु’ बोलको नयाँ गित यतिबेला बजारमा आएको छ । प्रायः लोकगित संगित लेख्ने र गाउने बिश्वकर्माले एउटा गितमा मोडलिङ पनि आफै गरेका छन् ।
तर उनि आफुलाई मोडल भन्न नरुचाउने प्रतिक्रिया दिएका छन् । ‘रोल्पा होलेरी, बस्नै म सकिन तिम्लाई नहेरी’ गित पहिलो पटक बजारमा ल्याएका बिश्वकर्माले आफुलाई रामसिंह भनेर चिनाउन सफल गित पनि यहि भएको बताउछन् । बिश्वकर्मा संगको पुरा कुराकानि हेर्नकोलागि तलको भिडियोमा किलिक गर्नहोला ।।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।