पार्टी भन्दा माथि उठेर काम गर्न सांसद खनालको आग्रह



सैघाली अनलाईन खबर
असार २२ , दाङ ।   सासद राजु खनालले नवनिर्वाचित जनप्रतिनिधिहरु लाई वधाई ज्ञापन गर्दै पार्टी भन्दा माथि उठेर जनताको काम र कर्तव्य माथि बफादार हुन जनप्रनितिधिहरु लाई आग्रह गरेका छन ।

विहिवार एक विज्ञप्ती जारी गर्दै सासद खनालले लामो समयको अन्र्तराल पछि जनताले आफ्ना जनप्रतिनिधि पाएकाले पार्टीको स्वार्थ भन्दा माथि उठेर सवै जनताको भलाई हुने गरी निष्पक्ष बन्न आग्रह गरेका छन । साथै उनले नवनिर्वाचन जनप्रतिनिधिहरु स्थानिय सरकारका रुपमा उभिएकाले स्थानिय तह लाई जनताको सेवा पहुच क्षेत्रालयको रुपमा विकास गरी प्रजातन्त्रीक मूलय मान्यता रही स्थानिय तह लाई बलियो बनाई आग्रह गरे । स्थानिय निकाय विकास र समृद्धिका लागि जनताले आफ्ना जनप्रतिनिधि द्वारा आशा अपेक्षा गरेकाले स्थानिय तहहरुको विकासका लागि सवै संगै सहकार्य सहमति ,आपसी साझेदारी र मेलमिलापको भावनाको विकास गरी दाङको विकासका लागि एकतावद्ध हुने आग्रह गरेका छन । विज्ञप्ती मार्फत सासद खनालले नेपाली काँग्रेसका उम्मेद्वारहरु लाई विजयी वनाउन सहयोग पु¥याउनेहरु प्रति धन्यावाद समेत ज्ञापन गरेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्