तुलसीपुर १४ असार ।
कम भोल्टेजका कारण धानको ब्याड राख्न नपाएको किसानहरुको समस्या समाधान भएको छ ।
कम भोल्टेजले गर्दा डिप बोरीङबाट पानी तान्न नसकी समयमा ब्याड राख्न नपाएका किसानहरुले अब पुरा भोल्टेज बिद्युत पाउने भएका छन् । तुलसीपुर १० गौरीगाउँका किसानको माग पुरा बताएका छन् । बिद्युत कार्यालय तुलसीपुरका प्रमुख दिपक चौधरी र किसानहरु बिच वुधबार भएको सहमती अनुसार अब किसानलाई आबश्यक परेको चार सय भोल्टेज बिद्युत पाउने भएका छन् । १५ दिनको लागी विहान ४ बजे देखी साझ ७ बजे गौरी गाउँ र १५ दिन फुलबारीका किसानलाई पुरा बिद्युत दिने सहमती भएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।