सैघाली खबर, १४ असार ।
धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प गएको छ । बिहीबार बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित धादिङको छिमेकी जिल्लाहरुमा महसुस गरिएको थियो । भूकम्पको क्षतिको विवरण भने आएको छैन ।।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।