सैघाली खबर, १४ असार ।
नेपाल वायुसेवा निगम (एनएसी) ले पहिलाेपटक वाइडबडी विमान नेपाल भित्र्याएको छ । ‘ए ३३०–२००’ सिरिजको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नयाँ विमानलाई ‘अन्नपूर्ण’ नाम दिइएको छ । अन्नपूर्णले आगामी अगस्ट १ बाट व्यवसायिक उडान सुरु गर्ने पर्यटन मन्त्री रविन्द्र अधिकारीले जानकारी दिए ।
नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए । विमानकाे पूजा-अाजासमेत गरिएकाे छ ।निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो । विमानकाे लागत २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँ छ ।।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।