कृषक आयस्तर वृद्धि कार्यक्रमका लागि दाङमा ७९ करोड



सैघाली अनलाईन खबर
असार २२ , दाङ । साना तथा मझौला कृषक आयस्तर वृद्धि कार्यक्रमका लागि दाङमा ७९ करोड ४४ लाख , ८९ हजार ७ सय ४१ रुपैया ८० पैसा लगानी भित्रिएको छ । विहिवार घोराहीमा जिल्ला कृर्षि विकास कार्यालय दाङले साना तथा मझौला कृषक आयस्तर वृद्धि अन्र्तक्रिया तथा प्रगती समिक्षा गोष्ठीको आयोजना गर्दै यस्तो जानकारी दिएको हो ।

जिल्लाका ८२ उप–आयोजनाहरुमा उक्त लागत खर्चिएको जानकारी दिए । जसमा एसियाली विकास वैकं २३ करोड २४ लाख , ३२ हजार ९३ रुपैया , नेपाल सरकारको ५ करोड ४० लाख ९५ हजार ३ सय ३४ र अनुदानग्राही कृषकहरुको ५० करोड ७९ लाख , ६२ हजार २ सय ८४ रुपैया रहेको जानकारी दिए । सन २०११ देखी सुरु भएको साना तथा मझौला कृषक आयस्तर वृद्धिले वितेको करि ६ वर्षमा करौडौ रुपैया भित्रिएता पनि कृर्षिको सुधार र उत्पादनशिल क्षेत्रको विकास भए पनि उत्पादन वस्तुको वजारीकरणको समस्या कायमै रहेको वताएका थिए । ८२ वटा उप–आयोजनाहरु मध्ये वेमौसमी तरकारी वाली २७ , च्याउ खेती १० , माउरी मह उत्पादन ४ , आलु उत्पादन ९ , वजारी केन्द्रका २ , केराखेती ५ , विउ उत्पादन केन्द्र ४ , जडीवुटी १ , मसलावाली उत्पादन ७ र शित भण्डारी ३ गरी ८२ वटा उप–आयोजनाहरु संञ्चालनमा रहेका जनाकारी दिए । भने प्रगती समिक्षा गोष्ठीमा एक दर्जन उप–आयोजनाहरु प्रगती विवरण प्रस्तुत गरेका थिए ।

जिल्ला कृर्षि विकास कार्यालयका वरिष्ठ कृर्षि विकास अधिकृत दिपक कुमार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सदस्य नविन अभिलासी , उद्योग वाणिज्य संघ दाङका सदस्य श्रीधर पोखरेल र खुशल घिमिरे लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए । जिल्ला कृर्षि विकास कार्यालयका प्रचार विकास अधिकृत भरतमणि पाख्रेलको स्वागत मन्तव्य वाट स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण वाली विकास अधिकृत पिताम्वर वस्नेतले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्