घोराहीका चौधरीको लमहीमा मत्यु



दाङ १४ असार।
घोराही उपमहानगरपालिका वडा १६ निवासी २६ वर्षीय खुमबहादुर चौधरीको कुलोमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । लमही नगरपालिका वडा नम्बर ४ मा आफ्नो दिदी भिनाजुलाई खेतिपातीमा सघाउन भनि आएका चौधरीको सौचगर्न गएको समयमा लडेर कुलोमा परि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । वडा प्रहरी कार्यालयका नायव निरिक्षक नरेश ढकालले चौधरीको शवलाई पोष्टमार्टको लागि लमही अस्पतालमा राखिएको जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्