असार १४ गुल्मी । ११ वर्षीया बालिका जबरजस्तिकरणी गरेर फरार भएको आरोपमा गुल्मीमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इश्मा गाउँपालिका(२ स्थित ढाडा घर भएका ३९ वर्षीय प्रेमबहादुर कार्कीलाई बालिका जबरजस्तिकरणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।
गत सोमबार करिब ५ बजे ११ वर्षे बालिका पानी लगाउन गएको समयमा कार्कीले आफ्नो घरमा लिएर जबरजस्तिकरणी गरेको भन्दै प्रहरीमा उजुरी परेकोे थियो । घटनाका बारेमा परिवारले बुधवार मात्रै स्थानीय प्रहरी चौकी हस्तिचौरमा खबर गरेको प्रहरी जनाएको छ ।
जबरजस्तिकरणीपछि आरोपित फरार रहेकोले प्रहरी बुधबार राति नै तम्घास धागीथुमबाट पक्राउ गरी ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए । जबरजस्तिकरणी गर्ने कार्कीमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक द्धिबेदीले जानकारी दिए ।
जबरजस्तिकरणी भएको भनिएकी बालिकाको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।