करेन्ट लागेर मृत्यु



कंचनपुर १४ असार । पुनर्वास नगरपालिका–११ अमरस्ती बस्ने ६० वर्षीया प्रदेशनी चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । २७ वर्षीय दिपक चौधरी र ३ वर्षीया उर्मिका चौधरी भने घाइते भएका छन् ।
बुधबार पानी तान्ने पम्प खोल्ने क्रममा मोटरमा जडित तारबाट करेन्ट लागेर असक्त भएका उनीहरुलाई उपचारको लागि सेती अंचल अस्पताल पठाइएकोमा उपचारको क्रममा प्रदेशनी चौधरीको मृत्यु भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्