काठमाडौं १४ असार। गृहमन्त्री रामबहादुर थापाले विरोध प्रदर्शनका लागि ठाउँ तोक्दैमा अधिनायकवाद नआउने बताएका छन्। गृहमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री थापाले विरोध गर्ने नाममा अरूको पनि अधिकारको ख्याल गर्नुपर्ने बताएका हुन्। चिकित्सा शिक्षा सुधारका लागि पटकपटक अनशन बस्दै आएका प्रा।डा।गोविन्द केसी, केही विद्यार्थी संगठ र केही साना दलले प्रदर्शनलाई रोक लगाएर सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका थिए। गृहमनत्री थापाले प्रदर्शनका लागि तोकिएको क्षेत्रहरू साउन १ गतेदेखि लागू हुने बताए।
उनले भने,‘अधिनायकवाद भनेको केहोरु जनताको अधिकार कुण्ठित गर्ने होरु मलाई यही ठाउँमा प्रदर्शन गर्न पाउनुपर्छ भन्ने होरु यो त मलाई त्यही केटी चाहिन्छ भनेजस्तै भयो।’ उनले नागरिक समाजले पनि नागरिकको प्रतिनिधित्व गर्ने र सरकारले पनि त्यही नागरिकको प्रतिनिधित्व गर्ने भएकाले गलत कुरामा ढिपी नगर्न नागरिक समाजलाई आग्रह गरे। निषेधित क्षेत्रमा विद्रोह गर्न नपाइने भए पनि सामाजिक काम गर्न पाइने बताए।
यस्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले आफ्नो अधिकारको रक्षा गर्ने नाममा अरूको अधिकारलाई कुण्ठित गर्न नमिल्ने बताए। उनले भने,‘विरोधको नाममा सडक जाम हुन्छ। धेरै सर्वसाधरणले दुःख पाउँछन्। आफ्नो अधिकारका लागि अरूको अधिकार त कुण्ठित गर्न भएनन नि।’
उनले काठमाडौंमा ४० लाख जनसंख्या रहेको र १० लाख ७० सवारी रहेकाले त्यसलाई व्यवस्थित गर्न पनि यो नियम लागू गरिएको बताए। यस्तै सरकारले विरोध प्रदर्शनका लागि काठमाडौंमा सात स्थान तोकेको छ।
प्रदर्शनका लागि खुल्लामञ्च, कोटेश्वरको तीनकुने खुल्ला चौर , भगवान पाउको भुँइखेल खुल्ला चौर, पेप्सिकोलाको खेलमैदान, सानो गौचरनको फुटबल मैदान, लैनचौरको समाजकल्यण परिषद् अघिको खुल्ला चौर र सिफल चौरलाई प्रदर्शन स्थल तोको छ। यस्तै, भक्तपुको सूर्यविनायकलाई प्रदर्शन स्थल तोकिएको छ। भने ललितपुरको च्यासलको खेल मैदान, गोदावरी बस पार्क, भैँसेपाटी, लुबुलामाटार, धोविघाट र बज्रबाराही मन्दिरको गेटमा आन्दोलन गर्न पाइने मन्त्री थापाले बताए। साउन १ देखि सबै जिल्लामा प्रदर्शन स्थल तोकिने छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।