तुलसीपुरको विकासका लागि साँझा भुमिका निर्वाह गर्छु ः मेयर पाण्डे



सैघाली अनलाइृन खबर
असार २२ , दाङ । तुलसीपुर उप महानगरपालिकाका नवनिर्वाचित मेयर घनश्याम पाण्डेले तुलसीपुरको विकास र समृद्धिका लागि साँझा उम्मेदवारका रुपमा सवैलाई समान व्यवहार गरेर काम देखाउने वताएका छन । तुलसीपुरमा आयोजित विजय ¥याली पश्चात आयोजित कार्यक्रममा वोल्दै नवनिर्वापिचत मेयर पाण्डेले जनताको विश्वास लाई आफुले कहिले नभुली साझाँ उम्मेद्धारका रुपमा काम गरी तुलसीपुरको विकासका लागि साँझा योजना र वातावारण निर्माण गरी लैजाने वताएका छन ।

जनताको आयस्तर वृद्धिका कार्यक्रमलाई प्राथमिकता दिने वताउदै भने ‘ जनताको आर्थिक समृद्धि नै हाम्रो पहिलो प्राथमिकता हुनेछ ’ । समावेशी विकासले मात्रै जनताको स्तर सुधार्न सकिने उनको कथन थियो । यस्तै नव निर्वाचित उपमेयर माया आचार्यले महिलाका हरेक मुद्धाहरुलाई पक्षपात नगरी न्याय दिलाउने उहाले बताउुभयो । जनताले विश्वास गरेर जिताएकोले त्यो विश्वास आफुले पुरा गर्नेउनले बताए ।निर्वाचन परिचालन कमिटीका सह सँयोजक जोग बहादुर रानाको अध्यक्षतामा भएको सभामा दाङ्ग जिल्ला ईन्चार्ज मेटमणि चौधरी,अध्यक्ष टिकाराम खड्का लगायतले बोलेका थिए । जिल्ला सचिब हिराचन्द्र्र केसीको स्वागत मन्तव्यबाट सुरु भएको सभाको सहजिकरण तुलसीपुर ईन्चार्ज देवराज विश्वकर्माले गरेका थिए । यसैविच नेकपा एमाले स्थायी कमिटी सदस्य शंकर पोख्रेलले दलहरु विचको एकता कायम गरी अघि बढ्नुपर्ने बताएका छन । चुनावको प्रतिष्पर्धा समाप्त भएकाले नव निर्वाचित उम्मेदवारहरुले अवको ध्यान दाङ्गको समृद्धिको रेखा कोर्न लगाउनुपर्ने वताएका छन ।

दाङ्गमा एमालेभित्रको गुटवन्दि अन्त्य भएको स्थानिय निर्वाचनले सन्देश दिएको समेत उनले बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोख्रेले जनमतको कदर गरेर काम गर्न निर्वाचितहरुलाई आह्वान  गरे  थिए  ।

तुलसीपुर वजार उल्लासले भरियो  
नेकपा एमालेको विजयी र्यालीलाई तुलसीपुर वजारका घरघरमा स्वागत गरिएको थियो । हजारौको संख्यामा रहेका कार्यकर्ताहरुलाई वजारका विभिन्न भागमा फुल, अविर र मालाले स्वागत गरिएको थियो । नव निर्वाचित मेयर र उप मेयरका उम्मेदवारहरुलाई अविर र माला लगाउन स्थानियहरु निकै उत्साहित रहेका थिए । तुलसीपुरका विभिन्न वडामा विजयी हासिल गरेका उम्मेदवारहरुको पनि सहभागिता रहेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्