प्रदर्शनको लागी सरकारले तोक्यो ६ स्थान



काठमाडौं १४ असार । सरकारले साउन १ गते देखि माइतीघर मण्डलमा विरोध प्रदर्शनको लागी रोक लगाएको छ । तोकिएको ठाउँबाहेक अन्य ठाउँमा प्रदर्शन तथा सभा गर्न नपाइने गरी ललितपुरमा ५ ठाउँ र भक्तपुरमा एक ठाउँमात्रै तोकिएको हो ।
ललिपुरमा च्यासलको खेलमैदान, गोदावरी बसपार्क नजिकको खाली ठाउँ, भैंसेपाटीको छ्यासीकोटको खाली ठाउँ, बज्रबाराही, लुभुको ससमुचौर, धोविघाट नजिकैको मलपोखरीको खुला ठाउँलाई प्रदर्शन र सभास्थल तोकिएको छ ।
त्यसैगरी भक्तपुरमा प्रदर्शन र सभाका लागि सल्लाघारीको नेपाल ट्रष्टको खाली जग्गा तोकिएको छ । साउन १ देखि यो निर्णय कार्यान्वयन हुने र तोकिएको ठाउँबाहेक अन्य ठाउँमा प्रदर्शन र सभा गर्न नपाइने गृह मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्