वीरगन्ज १४ असार। हत्या, अपहरण, शरीर बन्धक, चोरी र लागुऔषध मुद्दामा दोषी ठहर भइसकेका व्यक्तिले अब भागेर उम्किन सकिन्छ भन्ने नसोचे हुने भएको छ। पर्सामा मात्र यस्ता प्रकृतिका मुद्दामा दोषी ठहर भई २२ वर्षसम्म भागेर उम्किएका समेत कानुनको फन्दामा पर्न थालेपछि अपराध गरी भागेर जोगिन्छ भन्ने नसोचे हुने भएको हो। उक्त अपराधमा संलग्न भई न्यायालयले २७ वर्षसम्मको कैद सजाय तोकेका र ५० लाख ६७ हजारसम्म जरिमाना तोकी दोषी ठहर गरेका २१५ जना गएका ११ महिनामा मात्र कानुनको फन्दामा परिसकेको तथ्यांकले देखाएको छ।
न्यायालयले दोषी ठहर गरिसकेका फरार व्यक्तिलाई नियन्त्रणमा लिएर अदालतमा पेस गर्न भनी पर्सा प्रहरीसँग सहयोग मागेपछि पर्साबाट मात्र चालु आर्थिक वर्षको साउनबाट जेठसम्ममा यति धेरै दोषी ठहर भएका व्यक्तिहरू प्रहरीको फन्दामा परिसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। विभिन्न अपराधमा संलग्न रही भागेर उम्किन सकिन्छ भनी कसैले सोचेको छ भने त्यो मित्था हुने भएको उनको भनाइ छ।
अब अपराध गरेर कोही जोगिदैनु, उनले भने, पक्राउ पर्नेहरू ज्यानमार्ने उद्योग, अपहरण तथा शरीरबन्धक, बन मुद्दा, जाली नागरिकता बनाउने, लागुऔषधमा संलग्न, फौजदारीलगायत देवानी र करकाप तथा कुटपिटका मुद्दामा संलग्न भई दोषी ठहर भएको फेला परेको हो।ु उक्त व्यक्तिहरूबाट मात्र चालु आर्थिक वर्षको ११ महिनामा ५४ लाख ७६ हजार २३८ रुपैयाँ जरिवाना वापतको रकम असुल भएको पर्सा प्रहरीले जनाएको छ।
गएको आर्थिक वर्षमा भने सोही अवधिमा जम्मा ७६ जना मात्र फरार अभियुक्तहरू कानुनको फन्दामा परेको पर्सा प्रहरीको तथ्यांकले देखाएको छ। उनीहरूबाट पनि सो समयमा ३८ लाख ५६ हजार ३७९ रुपैयाँ जरिवाना असुल भएको पर्सा प्रहरीले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।thahakbr

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।