घोराही, १४ असार ।
नेदरल्याण्डमा फ्रिडम फोरम फियर अवार्ड प्राप्त गर्नुभएकी दाङकी मुक्त कमलहरी उर्मिला चौधरीलाई सम्मान गरिएको छ । आज घोराहीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी महिला मानअधिकार रंक्षक संजाल दाङले संमान गरेको हो । सञ्जालकी सदस्य समेत रहनुभएकी चौधरीलाई अविर र खादाले संमान गरिएको थियो ।
संमानित चौधरीले कार्यक्रममा बोल्दै कमलहरी मुक्ति घोषणा भएको पाँच बर्ष वितिसक्दा पनि जिल्लामा कमलहरी बस्नेहरुको संख्या २१ जना रहेको र यो दुखद पक्ष रहेको बताउनुभयो ।
मुक्त कमलहरी परिचयपत्र, कमलहरीको सेवा सुविका तथा संरक्षण र पुनरस्थापनामा सरकार उदाषिन देखिएको भन्दै गुनासो गर्नुभयो । ।
सञ्जालकी जिल्ला अध्यक्ष सुष्मा गिरीको अध्यक्षतामा सञ्जालकी अनिता पोख्रेलको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रममा महिला मान अधिकार रक्षक संजालकी केन्द्रिय सचिव लक्ष्मी आचार्य, मानबअधिकार संजाल दाङका अध्यक्ष केशव कुमार शर्मा, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, मुक्तमकलहरी विकास मञ्चकी केन्द्रिय अध्यक्ष सुनिता चौधरी लगायतकाले अवार्ड प्राप्त गर्नुभएकी चौधरीलाई शुभकामना दिनुभएको थियो । कार्यक्रमको संचालन जानका रेग्मीले गर्नुभएको थियो ।
कमलहरी मुक्ति अभियानकी अभियन्ता २७ वर्षीया उर्मिला चौधरीलाई ‘फ्रिडम फोरम फियर अवार्ड’ प्रदान गरिएको थियो । गत जेठ २ गते नेदरल्याण्डको मिडर्वमा एक भव्य समारोहकाबीच उर्मिलालाई उक्त पुरस्कार प्रदान गरिएको जानकारी दिनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।