आज असार १५, धान दिवश



दाङ १५ असार।

आज राष्टिय धान दिवश दाङ लगायत देशभर मनाईदै छ । प्रत्येक वर्ष असार १५ गतेका दिन नेपालमा धान दिवस मनाइदै आइएको छ । दिवसको अवसरमा असार १५ गते अर्थात आज दाङमा विविध कार्यक्रम गरि मनाउन लागिएको हो । नयाँ सरकार आएदेखि स्थानीय तहहरुले आफै दिवस मनाउने तयारी गरेका छन ।

आज घोराही उपमहानगरपालिकाले वडा नं १७ डबरीमा बिहान ८ बजे,तुलसीपुर उपमहानगरपालिकाले वडा नं ७ बम्नैमा दिउसो १ बजे र लमही नगरपालिकाले वडा नं ३ घुम्नामा विहान ८ बजे धान रोपेर दिवस मनाउने तयारी भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिपक कुमार शर्माले जानकारी दिए ।

यस्तै दाङमा धानबालीका लागि खेति योग्य कुल साढे ३८ हजार हेक्टर जमिन मध्ये हालसम्म २० प्रतिशत मात्र रोपाई भएको छ । अझै ८० प्रतिशत रोपाइ बाँकी रहेको छ । धान दिवसका अवसरमा दही चिउरा खाएर,धान रोपेर दिवस मनाउने गरिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्