राजपामा विधान विवादः अढाई महिनामै विभाजनको रेखा



२३ असार

 

राष्ट्रिय जनता पार्टी  राजपा नेपालमा गठनको अढाई महिनामै विभाजनको रेखा कोरिएको छ । निर्वाचन आयोगमा दल दर्ता र विधानमा हस्ताक्षरका विषयमा अध्यक्षमण्डलका नेताहरुबीच तीव्र मतभेद देखिएको छ ।

राजपाले प्रदेश नम्बर २ मा असोज २ गतेका लागि तय भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी हुन विधानमा संयुक्त हस्ताक्षर गरी आयोगमा दल दर्ताका लागि जाने तयारी गरेको थियो । तर, अध्यक्षमण्डलका नेता अनिलकुमार झाले विधानमा हस्ताक्षर नगरेपछि विधान प्रक्रिया नै अवरुद्ध भएको छ । बुधबारको बैठकमा अध्यक्ष महन्थ ठाकुरले ५–७ दिनपछि पनि अध्यक्षमण्डलका सबै सदस्यले विधानमा हस्ताक्षर नगरे पनि जतिको हस्ताक्षर हुन्छ, त्यसलाई नै लिएर आयोगमा दल दर्ता हुने बताएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्