१५ असार
ताप्लेजुङ
कैलालीमा बोक्सीको आरोपमा सार्वजनिक रुपमा युवतीलाई कुटपिट गर्ने र सस्तो मूल्यमा जग्गा नदिएको भन्दै सार्वजनिक रुपमै नांगेझार पारेर कुटपिट गर्नेलाई जेल चलान भइरहँदा तप्लेजुङमा सैतान चढेको भन्दै एक युवालाई डामेका छन ।
ताप्लेजुङको सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिन बस्ने प्रविण राईलाई सैतान चढेको भन्दै क्रिस्चियनका पास्टरहरुले सामुहिक रुपमा मरणासन्न हुनेगरी कुटपिट गर्नुको साथै शरीरका विभिन्न ठाउँमा तातो बस्तुले डामेका हुन ।
पाष्टर नरबहादुर तामाङ डेविड लिम्बू, सृष्टि लिम्बू र सिदिङवा गाउँपालिका –५ चङबुङ्गका पास्टर दिपराईले प्रविणलाई चर्चमा बोलाएर कुटपिट गरेका हुन ।
चारैजना पाष्टरले सामुहिक रुपमा कुटपिट गरेर घर परिवारको सम्पर्कमा आउन दिएनन । प्रविण घर नआएपछि आमाले प्रहरीमा उजुरी दिएका थिए । अस्थायी प्रहरी चौकी अम्बेगुदिनले प्रविण पाष्टरको कब्जाबाट मुक्त गरेको थियो ।
कुटपिटबाट गम्भीर घाइते प्रविणको हाल पत्थरी अस्पतालमा उपचार भइरहेको छ । पीडित परिवारले दोषीलाई कारवाहीको माग गरेका छन ।
देश धर्म निरपेक्ष घोषणा गरिएपनि धर्मको नाममा विभिन्न घटना हुँदै आएका छन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।