सैघाली खबर, १५ असार ।
काठमाडौंको लामबगरमा आज विहानै यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
धर्मस्थलीबाट रत्नपार्कतर्फ आउँदै गरेको बस विहान साँढे सातबजेतिर भएको दुर्घटनामा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाका घाइते मध्ये केहीको ग्राण्डी र केहीको टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस सडकबाट खोलामा खसेको हो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।