द्वन्द्वमा मारिने र बेपत्ताको संख्या बढेको–बढ्यै



२३ असार, काठमाडौं 

 

माओवादी द्वन्द्वका क्रममा मृत्यु तथा बेपत्ता हुनेको संख्या कार्यदलपिच्छे थपिने गरेको छ । पछिल्लोपटक गठन भएको कार्यदल ९पाँचौँ०सम्म आइपुग्दा मृतक र बेपत्ता हुनेको संख्या १९ हजार ८ सय ६ पुगेको छ ।

यसअघिको कार्यदलले मृतक र बेपत्ताको संख्या १७ हजार ८ सय ८६ तोकेको थियो । पछिल्लोपटक सीतादेवी यादव शान्तिमन्त्री हुँदा रामचन्द्र घिमिरेको संयोजकत्वमा कार्यदल बनाएकी थिइन् । कार्यदलमा सुभाषचन्द्र यादव, सुनिता रेग्मी, धर्मबहादुर केसी र वृषराज गुरुङ सदस्य थिए । द्वन्द्वका क्रममा ९१ फागुन ०५२ देखि ५ मंसिर ०६३ सम्म० मारिएका र बेपत्ता भएकाको तथ्यांक राखिएको शान्ति मन्त्रालयअन्तरगतको राहत तथा पुनःस्थापना इकाइका निमित्त प्रमुख देवराज जोशीले बताए । द्वन्द्वका क्रममा १० हजार ९ सय ९६ जना घाइते भएका छन् । घाइतेलाई उपचार खर्चवापत बढीमा एक लाख रुपैयाँसम्म दिइने जोशीले बताए । ८२ हजार ६ सय ६१ घरपरिवार विस्थापित भएका थिए । उनीहरूलाई प्रतिपरिवार २५ हजारका दरले राहत दिइने भएको छ ।सरकारैपिच्छे गठन हुने कार्यदलले आशंका उब्जिएको चौथो कार्यदलका संयोजक दीपेन्द्र पुन ‘सिजल’ले बताए । ‘द्वन्द्वमा मृत्यु तथा बेपत्ता भएका व्यक्ति छुट्नु र दोहोरिनुहुँदैन,’ उनले भने, ‘वास्तविक छानबिन गरेर मात्र संख्या किटान गरिनुपर्छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्