जुम्ला १५ असार । डाक्टर गोविन्द केसी १५ औँ अनसनका लागि जुम्ला जाँदै हुनुहुन्छ ।
चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर ल्याउन खोजिएको भन्दै ध्यान आकर्षणका लागि “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल” जुम्लामा अनसन बस्ने तयारी गर्नुभएको हो ।
विहीबार नेपालगञ्ज आईपुगेका डाक्टर केसी जुम्ला आउनका लागि नेपालञ्जबाट सार्वजनिक जीप चढेर कर्णाली प्रदेशमा प्रवेश गर्नुभएको हो । उहाँको साथमा उहाँका भाइ इश्वर केसी हुनुहुन्छ ।
उहाँले सरकारले चिकित्सा विधेयक तोडमोड गरेर आउने संकेत देखिएपछि सरकारलाई ध्यानआकर्षण गर्न तथा निर्णायक आन्दोलनको रुपमा लागि १५ पटकको अनसनको घोषणा गरेको बताउनुभयो । उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा यति लामो समयसम्म एमबीबीएस पढाईको बाटो खुला नगरेकोलगायतका मागहरु समावेश गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।