विमानस्थलमा रोकिएन सुन तस्करी, ८ तोला सुनसहित एक प्रकाउ



काठमाडौं १५ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुन तस्करी अझै रोकिएको छैन।
साढे ३३ केजी सुन तस्करी प्रकरणबारे विशेष सरकारी समितिले अनुसन्धान गरिरहेकै बेला अवैध सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त, गौशालाको टोलील विमानस्थलको भन्सार छलेर ल्याइएको १ सय ग्राम सुनसहित चितवनको गौंडा–१ घर भइ हाल काठमाडौंको मण्डिखाटार बस्ने ४३ वर्षीय पूर्णबहादुर गुरुङलाई पक्राउ गरेको हो ।
उनीलाई काठमाडौं–७, चाबहिलबाट पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।
उनको साथबाट विभिन्न कम्पनीको ४ वटा ल्यापटप बरामद भएको छ । थप अनुसन्धान भइरहेको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्