दाङ १५ असार । तुलुसीपुर उपमहानगरपालिका ९ बेलुमा करिव २४ लाखको लागतमा ट्रस्ष्ट पुल निर्माण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ र ९ लाई जोड्ने गरी पुल निर्माण गरिएको हो ।कुनै पनि ठाउँको बिकासका लागि निकासको आबश्यकता हुने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवामा ट्रष्ट पुलको उद्घाटन गर्दै बक्ताहरुले यस्तो बताएका हुन् । सेवा प्रतिष्ठान नेपालको पहलमा तथा जिल्ला प्राबिधिक कार्यालय दाङको क्षेत्रगत कार्यक्रम अन्तरगत उक्त पुल निर्माण गरिएको हो ।
पुल निर्माणका लागि २६ लाख ४६ हजार दुई सय २४ रुपैँयाँको स्टिमेट गरिएको भएता पनि २४ लाख ४४ हजार पाँच सय ४५ को लागतमा सम्पन्न भएको पुल निर्माण सहयोगी संस्था सेवा प्रतिष्ठान नेपालका अध्यक्ष पदम भण्डारीले जानकारी दिनुभयो । पुलको शुक्रबार एक कार्यक्रमका विच उद्घाटन गरिएको उद्घाटन गर्दै स्थानीय बासिन्दाले बिकासका लागि समुदाय आफै अघि सर्नुपर्ने कुरामा जोड दिएका थिए ।३२ मिटर लामो पुल करिब तीन महिनामा सम्पन्न गरिएको हो । सेवा प्रतिष्ठान नेपालको पहलमा तथा जिल्ला प्राबिधिक कार्यालय दाङको क्षेत्रगत कार्यक्रम अन्तरगत सो कार्यक्र सम्पन्न भएको हो ।
तुलसीपुर उपमहानगरपालिकाको एक लाख ५८ हजार सात सय ७४ , जिल्ला प्राबिधिक कार्यालय दाङको क्षेत्रगत कार्यक्रम अन्तरगत २१ लाख ७३ हजार ६ सय ८३ र ५२ हजार बराबरको जनश्रमदानबाट पुल निर्माणको कार्य सम्पन्न भएको थियो । पुल निर्माण समितिका अध्यक्ष दुर्गा प्रशाद शर्माको अध्यक्षता तथा जेष्ठ नागरिक दण्डपानी उपाध्यायको प्रमुख आतिथ्यता एवं सेवा प्रतिष्ठानका अध्यक्ष पदम भण्डारीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।