दिपक बोहरा, दाङ १५ असार ।
भनिन्छ ‘एउटा आलुले सबै आलुलाई कुहाउछ ।’ हो , यस्तै भएको छ प्रहरी संगठनमा पनि । प्रहरी नै गलत कार्यमा लाग्दा पछिल्लो समय प्रहरी संगठनको बिस्वास घट्दै गईरहेको छ । केही सिमित प्रहरीको कम्जोरीकै कारण प्रहरी संगठनकै बदनाम हुने गरेको छ । मुलुकको शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण योग्दान पु¥याउदै आएको प्रहरी संगठनमा संगठन भित्रका ब्यक्तिहरुको गलत प्रबृतिले गर्दा नै आम नागरिकमा नकारात्मक भाव फैलिदै गएको छ । यस्तै गलत काम गर्ने प्रहरी संगठन भित्रका केही प्रहरीलाई कारबाहीको दायरामा ल्याउने गरिन्छ भने राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने प्रहरी संगठनको नियम छ । यही नियममा टेकेर प्रहरी संगठनलाई बदनाम गर्ने प्रहरीलाई कारबाही गरिएको छ । चालु आर्थिक बर्षमा प्रहरी आचरण बिपरित काम गर्ने दाङका २७ प्रहरी आन्तरिक कारबाहीमा परेका छन् । पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका अनुसार दाङका २७ प्रहरी आन्तरिक कारबाहीमा परेका हुन् । कारबाहीमा पर्नेमा असई देखि जवानसम्मका लागि छन् । कारबाही परेकाहरुलाई आचरणको प्रकृति अनुसार जागिरबाट निस्कासन गर्ने देखि पदउन्नती रोक्कासम्मको कारबाही गरिएको छ ।
पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्प मल्लका अनुसार १ जना असई, ३ जना हवलदार र २३ जना जवान आन्तरिक कारबाहीमा परेका हुन् । ती मध्य एक जना जवानलाई जागिरबाट समेत निस्कासन गरिएको छ, भने चार जना जवान निलम्बनमा परेका छन् । त्यस्तै एक जना जवान तल्लो टाईम स्केलमा घटुवा, एक जना हवलदार र ६ जना जवानको ग्रेट रोक्का , एक जना हवलदार र १ जना जवानको पदोन्नतीरोक्का गरिएको डिएस्पी मल्लले बताए । त्यस्तै एक जना असई , एक जना हवलदार र १० जना हवलदारलाई नसियत गरिएको छ । ‘प्रहरी भित्र पनि केही ब्यक्ति आचरण बिपरित काम गर्ने हुन्छन्’ उनले भने‘त्यसता प्रहरीलाई हामीले कारबाहीको दायरामा ल्याउछौं ।’ केही सिमित प्रहरीको गलत प्रबृतिले गर्दा नै अहिले नेपाल प्रहरीको विस्वसनीयतामा समस्या देखिएको उनको भनाई थियो ।‘देशभर प्रहरी संगठनमा करिब ७५ हजार आबद्ध छौं’उनले भने‘तर केही समिति प्रहरीको गलत काममा संलग्न हुनु स्वभाबिकै हो ।’ उनले भने‘हरेक क्षेत्रमा केही नराम्रा ब्यक्ति हुन्छन्, त्यो सव्भाबिकै हो ।’
प्रदेश ५ का साढे तीन सय प्रहरी कारबाहीमा
चालु आर्थिक बर्षको अहिले सम्म प्रदेश नम्बर पाँचका करिब साढे तीन सय प्रहरी आन्तरिक कारबाहीमा परेका छन् । पाँच नम्बर प्रदेश प्रहरी कार्यालयको तथ्याङक अनुसार तीन सय ४७ प्रहरी आन्तरिक कारबाहीमा परेका हुन् । पाँच नम्बर प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्प मल्लका अनुसार कारबाही पर्नेमा एक जना डिएसपी, ४ जना ईनिस्पिेक्टर, १५ जना सई, २३ जना असई, ४१ जना हवलदार, २ सय १९ जना जवान र ४ जना कार्याालय सहयोगी रहेका छन् । प्रहरीको आचरण कार्य गरेको भन्दै उनीहरुलाई कारबाही गरिएको उनले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।