जर्मनीमा जी ट्वेन्टी सम्मेलनअघि झडप



असार २३


जी ट्वेन्टी समूहमा रहेका देशहरुको शिखर सम्मेलन शुरु हुनुअघि जर्मनीको ह्यामबर्ग शहरमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ७६ जना प्रहरी अधिकृतहरु घाइते भएका छन्।
प्रहरीका अनुसार घाइते अधिकृतहरुलाई उपचारका लागि अस्पताल पुर्याइएको छ। केही प्रदर्शनकारीहरु पनि घाइते भएको बताइएको छ।
करिब १२ हजार प्रदर्शनकारीहरु ूनर्कमा स्वागत छू नाम दिइएको प्रदर्शनमा सहभागी भएका थिए। त्यो प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि झडप शुरु भएको थियो। बोतल, ढुंगा जस्ता वस्तु फ्याकिरहेका प्रदर्शनकारीहरुमाथि प्रहरीले पानीको फोहरा चलाउँदै पिरो पदार्थ छर्किएका थिए। झडपपछि प्रदर्शन स्थगित गरिएको थियो तर प्रदर्शनकारीहरु मुख्य सडक र शहरका अन्य भागमा छरिएका थिए।

उनीहरुले सडकमा अवरोध सृजना गरेको, सवारी साधनमाथि आगजनी गरेको, पसलहरु तोडफोड गरेको र प्रहरी हेलिकोप्टरका चालकलाई ताकेर चम्किलो प्रकाश छर्ने ुलेजरुको प्रयोग गरेको प्रहरीले बताएको छ।
जी ट्वेन्टी समूहको शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प लगायतका विश्व नेताहरु सहभागी हुने कार्यक्रम छ। उनीहरुले हावापानी परिवर्तन, व्यापार जस्ता जल्दाबल्दा विषयमा छलफल गर्ने कार्यक्रम छ।
सम्मेलनको सुरक्षाका लागि ह्यामबर्गमा २० हजार प्रहरी परिचालन गरिएको छ।
प्रदर्शनकारीहरुलाई सम्मेलनस्थल पुग्नबाट रोक्न सुरक्षा अवरोधहरु बनाइएको छ।
शुक्रबार र शनिबार गरी ह्यामबर्ग शहरमा एक लाख प्रदर्शनकारी आइपुग्ने अनुमान गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्