दाङ १६ असार।
राष्ट्रिय धान दिवसको अबसरमा वाइ सि एल र युबासंघले ३ दिन जन्ताको खेतमा श्रम गर्ने अभियान अन्तर्गत वाइ सि एल र युवासंघ ५ नं प्रदेशको आयोजनामा दाङको सतबरियामा धान दिबश मनाइएको छ।
युवासंघ ५ नं प्रदेशका संयोजक मनोहर बुढाथोकिको अध्यक्षता एबम ने क पा का केन्द्रीय सदस्य तथा ५ नं प्रदेशका शासंद इन्द्रजित थारुको प्रमुख आथित्यमा कार्यक्रम भएको हो।
कार्यक्रममा ५ नं प्रदेसका शासद दामा शर्मा, रेउतिरमन शर्मा ,सरस्वति गौतम,उत्तरकुमार वलि को शहभागिता थियो । लमहि नगरपालिका मेयर कुल बहादुर के सि उपमेयर देवका बेलबासे तुलसिपुर उपमहानगरपालिका उपमेयर मायां आचार्य को पनि सहभागिता थियो नेकपाका केन्द्रीय सदस्य नारायनिशर्मा माओवादि केन्द्र दाङ का संयोजक सुवास पुन पुर्व वाइ सिएल केन्द्रीय उपाध्यक्ष लिला शर्मा स्थानिय पार्टी नेता हुकुम बस्नेत , कमरेड बिक्रान्त र नवीन योगि को सहभागितामा भव्य ढंगले १ बिगाह जग्गामा धान रोपाई सम्पन्न भएको हो ।
कार्यक्रमको सहजिकरण वाइ सि एल ५ नं प्रदेसका उपाध्यक्ष तथा दाङ जिल्ला ईन्चार्ज सरोज खड्काले गर्नु भयको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।