दाङका कम्युनिष्ट पार्टीका संस्थापकहरुको सम्मान



दाङ,१६ असार । पुराना कम्युनिष्ट पार्टीका संस्थापकहरुको सम्मान घोराही सम्मान गरिएको छ । शनिवार घोराहीमा एक कार्यक्रमका विच सम्मान गरिएको हो । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापकहरुद्वय माणिकलाल गौतम, नारायण प्रसाद शर्मा गुरु नेपाल बुद्धिजीवी परिषदका दाङका पूर्व अध्यक्षहरु देवमणि गौतम, शालिक राम भण्डारी, अमर गिरी, शिव कुमार गौतम , ईश्वर पख्रेल, नारायण प्रसाद अधिकारी, श्रीधर मजगैयाँलाई सम्मान गरीएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्व विद्यालयका सेवा आयोगका पूर्व अध्यक्ष लेखनाथ आचार्य र विशिष्ट अतिथिहरू नेपाल बुद्धिजी परिषदका केन्द्रीय सल्लाहकार परिषदका सदस्य श्याम कुमार आचार्य तथा तत्कालिन नेकपा एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्काले संयुक्त रुपमा मुखपत्रको विमोचनसंगै उहाहरुलाई सम्मान गर्नु भएको थियो । कार्यक्रममा पेशागत ईञ्चार्ज तत्कालिन नेकपा एमाले जिल्ला कमिटी दाङका सदस्य शरद अधिकारी ,पेशागत महासंघ नेपालका जिल्लाअध्यक्ष अरुण शर्मा, नेपाल प्रगतिशिल प्राध्यापक संगठनका केन्द्रीय सचिव डिलाराम भट्टराई,निजामति कर्मचारी संगठनका जिल्ला अध्यक्ष खिम बहादुर डाँगी, नेपाल शिक्षक महासंघका जिल्ला सचिव , नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सबिन प्रियासन लगायतकाले बोल्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्