भोली दाङ बन्द



घोराही, असार १७ । नेपाल बिद्यार्थी संघ केन्द्रिय समिति र जिल्ला कार्यसमिति दाङले आफनो कार्यकर्ता रिहाईको माग गरेको छ ।नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैनसिँह महर र उपाध्यक्ष टोपबहादुर बुढाथोकिले आज प्रेस बिज्ञप्ती जारी गर्दै आफना कार्यकर्ता प्रकास चौधरीलाई बिनासर्त रिहाई गर्न माग गर्नु भएको हो । नेपाल बिद्यार्थी संघको केन्द्रिय कार्यक्रम अनुसार,आज सरकारी गाडी संञ्चालनमा रोक लगाएको अवस्थामा पटक–पटक जानकारी गराउदापनि अटेर गरी गाडी चलाएको हुनाले गाडीमा तोडफोड गरिएको भन्दै पुलिस प्रशासनले जर्बजस्ती धरपकड सहित नेबिसंघका नेता प्रकाश चौधरीलाई प्रकाउ गरेको नेबिसंघ दाङ जिल्ला उपाध्यक्ष टोप बहादुर बुढाथोकीले बताउनुभयो ।

लोकतान्त्रिक गणतन्त्र मुलक नेपालमा शान्तिपुर्वक बिरोधका कार्यक्रम गर्दा पनि जबरजस्ती पक्राउ गरिनुले सरकारले लोकतन्त्रको मर्म बिपरीत कार्य गरेको भन्दै उपाध्यक्ष बुढाथोकीले उक्त कार्यप्रति घोरभत्र्सना गर्दै आफना पक्राउ परेका नेता प्रकाश चौधरीको तत्कालै बिनासर्त रिहाई गर्न माग गर्नुभएको छ । आफनो कार्यकर्तालाई बिना सर्त रिहाई नगरेको खण्डमा आफुहरुले अझ शसक्त रुपमा आन्दोलन चर्काउने उपाध्यक्ष बुढाथोकीले बताउनुभयो । यसैविच नेविसंघ दाङले आफ्नो कार्यकर्ता रिहाइको माग गर्दै भोलि दाङ बन्दको आह्रवान गरेको छ ।

 

संगठनको केन्द्रिय कार्यक्रम अनुसार सरकारी नम्वर प्लेटका गाडि रोक्ने कार्यक्रम भएकाले सोही आन्दोलनकाक्रममा राजनितिक पुर्वाग्रही भएर पक्राउ गरीएका चौधरीको विनासर्त रिहाइको माग गर्दै भोलिका लागि दाङ बन्दको आह्रवान गरीएको नेविसंघ क्षेत्र नम्बर ३ का सभापति तिलक रावतले जानकारी दिनु भयो । पक्राउ परेका चौधरीलाई झुटो मुद्धा लगाउने कार्य भइरहेकोप्रति आपत्ति जनाउदै यस्ता गलत कार्यहरु सच्याउन स्थानिय प्रहरी प्रशासनलाई नेविसंघले आग्रह गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्