दाङमा माओवादी र एमालेबिच तालमेल



दाङ, असार २३ – दाङमा जिल्ला समन्वय समिति गठन र स्थानीय तहका कार्यपालिका गठनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच तालमेल गर्ने सहमति भएको छ ।

दुइ दलको शुक्रवार बसेको बैठकले गरेको सहमति अनुसार जिल्ला समन्वय समितिको प्रमुख एमालेले पाउने छ भने उपप्रमुख माओवादीले पाउने छ । सात सदस्य रहने यो समितिमा चार जना एमाले र तीन जना माओवादीले पाउने भएको छ ।

सहमति अनुसार गढवा गाउँपालिकामा दलित वा अल्पसंख्यकबाट दुबै पार्टीले एकरएक, निर्वाचित महिलाबाट दुईरदुई र न्यायिक समितिमा दुबै पार्टीबाट एकरएक जना रहने छन् ।

त्यस्तै दंगिशरण गाउँपालिकामा दलित वा अल्पसंख्यकबाट दुबै पार्टीबाट एकरएक जना, निर्वाचित महिला सदस्यबाट दुईरदुई जना र न्यायिक समितिमा एकरएक जना राख्ने सहमति भएको नेकपा माओवादी केन्द्र दाङ जिल्ला निर्वाचन परिचालन समिति संयोजक निर्मल आचार्यले जानकारी दिनुभयो ।

त्यस्तै बबइ गाउँपाकिलामा दलित वा अल्पसंख्यकबाट एक जना माओवादी केन्द्रलाई दिने सहमति भएको छ ।

शान्तिगरमा दलित वा अल्पसंख्यकबाट दुबै पार्टीका एकरएक जना, निर्वाचित महिला सदस्यबाट दुईरदुई जना र न्यायिक समितिमा एकरएक जना राख्ने सहमति भएको छ ।

त्यस्तै राजपुर गाउँपालिकामा दलित वा अल्पसंख्यकबाट एक जना, बंगलाचुलीमा न्यायिक समितिमा एकरएक जना र तुलसीपुर उपमहानगरपालिकामा दलित वा अल्पसंख्यकबाट माओवादीलाई एक जना दिने सहमति भएको छ ।

एमाले दाङका अध्यक्ष टीकाराम खड्काको अध्यक्षतामा संयुक्त बैठक बसेको थियो । सहमतिपत्रमा एमाले दाङका इञ्चार्ज मेटमणि चौधरी, अध्यक्ष टीकाराम खड्का, उपसचिव सुरामणि बेलबासे, माओवादी केन्द्रका जिल्ला निर्वाचन परिचालन समिति संयोजक निर्मल आचार्य र पोलिटब्यूरो सदस्य हेमराज शर्माले हस्ताक्षर गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्